महिला टी–२० : मलेसियासँग नेपालको दोस्रो हार « Khabarhub

महिला टी–२० : मलेसियासँग नेपालको दोस्रो हार


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाविरुद्धको महिला टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपाल मलेलियासँग १३ रनले पराजित भएको हो । योसँगै पाँच खेलको शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ ।

मलेसियाले जितको लागि दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रनमा समेटियो ।

नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन् । यसैगरी, कप्तान इन्दु बर्मा २२, सम्झना खड्का १८ तथा कविता कुँवरले १५ रन बनाइन् । मलेसियाका नुर दानिया र आइस्या इलिसाले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १२० रन बनाएको थियो । ओपनर आइना हमिजाले ६१ रनको अर्धशतक पारी खेलिन् । यस्तै, मास इल्साले ३० तथा वेन जुलियाले १६ रन जोडिन् । नेपालकी कविता कुँवर र कविता जोशीले समान २–२ विकेट लिए ।

पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । शृङ्खला आफ्नो पक्षमा पार्न नेपाललाई अबका बाँकी दुवै खेल जित्नुपर्नेछ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १ : ३८ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी