महिला टी–२० : मलेसियासँग नेपालको दोस्रो हार « Khabarhub

महिला टी–२० : मलेसियासँग नेपालको दोस्रो हार


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाविरुद्धको महिला टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपाल मलेलियासँग १३ रनले पराजित भएको हो । योसँगै पाँच खेलको शृङ्खलामा मलेसियाले नेपालसँग २–१ को अग्रता बनाएको छ ।

मलेसियाले जितको लागि दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रनमा समेटियो ।

नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन् । यसैगरी, कप्तान इन्दु बर्मा २२, सम्झना खड्का १८ तथा कविता कुँवरले १५ रन बनाइन् । मलेसियाका नुर दानिया र आइस्या इलिसाले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १२० रन बनाएको थियो । ओपनर आइना हमिजाले ६१ रनको अर्धशतक पारी खेलिन् । यस्तै, मास इल्साले ३० तथा वेन जुलियाले १६ रन जोडिन् । नेपालकी कविता कुँवर र कविता जोशीले समान २–२ विकेट लिए ।

पहिलो खेलमा नेपाल मलेसियासँग तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । शृङ्खला आफ्नो पक्षमा पार्न नेपाललाई अबका बाँकी दुवै खेल जित्नुपर्नेछ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १ : ३८ बजे

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत