विपदबाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध « Khabarhub

विपदबाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदबाट भएको प्रारम्भिक क्षतिको आँकलन, प्रभावित सङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ । प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य ‘कमाण्ड पोष्ट’ बैठकले विवरण पठाउन आग्रह गर्दै अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिको खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनःस्थापनासम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायलाई अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए । स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई राहत उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गर्ने निर्णयसमेत भएको उनले बताए ।

विपजन्य घटनाको जोखिमको विश्लेषण गरी लामो दूरी र काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अर्को सूचना जारी नहुन्जेलसम्म जोखिमयुक्त राजमार्ग एवं सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न नगराउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।

अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक सवारीसाधन तथा छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनको हकमा स्थानीयस्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले अवरुद्ध सडक मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्न सडक विभाग, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ६ : २२ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष