नेपाली सेनाद्वारा डुबानमा फसेका २० जनाको उद्धार « Khabarhub

नेपाली सेनाद्वारा डुबानमा फसेका २० जनाको उद्धार


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

राजविराज- नेपाली सेनाले सप्तरीको सप्तकोशी नगरपालिकामा डुबानमा फसेका २० जनाको आज उद्धार गरेको छ । नगरपालिका वडा नं ६ स्थित बोचही पोखरीया टोल आसपासका ४२ घरका परिवारको आज उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

राजविराजस्थित बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले बाढीमा फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित २० जनालाई उद्धार गरिएको बरख गणका प्रमुख सेनानी सोवितबहादुर चन्दले बताए । उद्धार गरिएकालाई स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित पु¥याएको जनाइएको छ ।

वर्षाका कारण सप्तरीका तटीय क्षेत्रमा अझै पनि बाढीको जोखिम कायम रहेको र नेपाली सेनाको उद्धार टोली आउन सक्ने जोखिमका लागि तयारी अवस्थामा रहेको प्रमुख सेनानी चन्दले जानकारी दिए ।

बोचनी क्षेत्रमा बाढीको जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका–६ स्थित बोचही पोखरिया बस्ती डुबानमा परेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : २७ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी