समीक्षा : परान भरिएको ‘परान’ | Khabarhub Khabarhub

समीक्षा : परान भरिएको ‘परान’


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

फिल्म : परान

शीर्ष कलाकार – नीर शाह

मुख्य कलाकार : महेश त्रिपाठी, प्रवीण खतिवडा, केकी अधिकारी, अञ्जना बराइली, पूजा चन्द, बुद्धि तामाङ र मदनकृष्ण श्रेष्ठ

कथा तथा निर्देशन : दीपक आचार्य ‘काकु’

पटकथा तथा संवाद : यम थापा

छायाँकार : शिवराम श्रेष्ठ

सम्पादक : मित्र डी गुरुङ

‘सहर केन्द्रित बसाइँ र वैदेशिक रोजगारीले गाउँ रित्तिने जोखिम छ । गाउँमा वृद्ध–वृद्धा मात्रै छन् । उनीहरू घर छोडेका सन्तान फर्किने आशमा छन् ।’

डेब्यू निर्देशक दीपक आचार्य ‘काकु’को फिल्म ‘परान’मा यही यथार्थमा बनेको छ । 

फिल्मका शीर्ष पात्र नीर शाह कुनै बेला जिम्बल हुन्छन् । उनकै कोणबाट कथा भनिएको छ । पत्नीको भूमिकामा पूजा चन्द छिन्। 

नीर शाहको बिहान पूजा पाठबाट सुरु हुन्छ । उनलाई गाउँकै प्रिय व्यक्तिका रुपमा देखाएको छ । दयालु स्वभाव उनको प्रमुख गुण हो । गाउँमा निस्कँदा केटाकेटी ‘मिश्री बा’ भन्दै झुम्मिन्छन् । दिउँसो चोकमा आफ्नै उमेरका साथी–भाइसँग तासमा रुमलिने उनको दैनिकी हुन्छ ।

यस दम्पतीका तीन भाइ छोरा हुन्छन् । जेठो सुब्रत आचार्य विदेश हुन्छन् । माइलो प्रवीण खतिवडा काठमाडौंमा व्यवसायी हुन्छन् । नायिका केकी अधिकारी प्रवीणको श्रीमतीको भूमिकामा छिन् । 

महेश त्रिपाठी र अञ्जना बराइली कान्छो छोरा–बुहारी हुन्छन् । महेश जेटीए बनेर गाउँमै कुखुरा फार्म खोलेर बसेका हुन्छन् । अञ्जना गाउँकै स्कुलको शिक्षिका हुन्छिन् । 

फिल्ममा अर्को बिर्सन नसक्ने पात्र बुद्धि तामाङ हुन् । जो नीर शाहकै घरमा ‘गोठालो’ बसेका हुन्छन् । उनले बोल्न नसक्ने व्यक्तिको चरित्र निर्वाह गरेका छन् । नीर शाह आफ्नो छोरा जीवनको उत्तरार्द्धमा कान्छो छोरो आफूसँगै रहोस् भन्ने इच्छा राख्छन् । कान्छोलाई डीभी पर्छ । ऊ बुवाको चाहना विपरीत विदेश जाने हिम्मत गर्दैन । श्रीमतीको अमेरिका जाने जिद्दीसामु बोल्ड डिसिजन गर्न सक्दैन । फिल्ममको मध्यान्तर यही विषयमा केन्द्रित छ । 

महेशले बुवालाई डीभी परेको थाहा दिन्छन् वा दिँदैनन् ? उनी विदेश जान्छन् वा जाँदैनन् ? महेशको जोडीले अमेरिका जाने कस्तो प्रयास गर्छन् ? उनीहरू विदेश जान सफल हुन्छन् वा हुँदैनन् ? त्यो थाहा पाउन पूरा फिल्म हेर्नुपर्छ । 

पहिलो हाफ बुवाछोराको सम्बन्धमै केन्द्रित छ । छोराको खुसीका लागि बुवाले थाहै नदिई केसम्म गर्छन् ? छोराको परिस्थितिलाई कसरी बुझ्छन् भन्ने कुरा पहिलो हाफमा देखाइको छ । 

यो परिस्थितिलाई निर्देशक आचार्यले सरल प्रस्तुतिका साथ गहन ढंगले प्रस्तुत गरेका छन् । यो फिल्म हेर्दा धेरै दर्शकको आँखामा आँसु भरिने पहिलो सिन यही हो । अर्थात्, ‘शब्दमा व्यक्त नहुने बुवाको छोराप्रतिको प्रेम’ले दर्शकको मन गाँठो पार्छ । 

दोस्रो हाफमा नीर शाह माइलो छोरा प्रवीणलाई गाउँ फर्काउन काठमाडौं आउँछन् । छोरो घर, गाडी जोडेर आफ्नै व्यवसायमा मस्त देख्छन् । 

छोरा–बुहारी भने बुवा–आमालाई काठमाडौंमा राख्न लागिरहन्छन् । सकेसम्म सहज वातावरण बनाउँछन् । उनको गाउँकै परिवेश काठमाडौंमा खोज्ने नीर शाह एउटा घटनाले गाउँ फर्कन बाध्य हुन्छन् । त्यसै पनि उनी सहरमा उनी रम्न सक्दैनन् । 

बुवालाई सकेको गर्दा पनि सहर राख्न नसकेपछि आमाको काखमा माइलो छोरो रोएको दृश्य भावुक बनाउने छ । 

सन्तानको साथ पाउँदा बुवाको आत्माबल कत्ति उच्च हुन्छ र बुढ्यौलीसँग कसरी जुध्न सक्षम हुन्छन् भन्ने पाटो मदनकृष्ण श्रेष्ठको चरित्रमार्फत देखाइएको छ । 

सन्तानले साथमा नहुँदा बुवा–आमाको जीवन कसरी उजाड बन्छ भन्ने पाटो नीर शाहको चरित्रबाट देखाइएको छ । 

समग्रमा फिल्मले बुढेसकाल लागेका बुबाका लागि छोरो भनेको ‘औषधि’ हो भनेर देखाउन खोजेको छ । बुढेसकालका साथ दिने छोरा बुवाका लागि छोरालाई परानको विम्ब देखाइएको छ ।

यो विम्बलाई क्लाइमेक्समा देखाइएको छ । यसबारे धेरै थोरै बढी चर्चा गर्दा क्लाइमेक्स खुल्ने जोखिम हुन्छ । यति चाहिँ खुलाए– फिल्मको ‘स्याड इन्डिङ’ छ ।

 कमजोर पक्ष

समग्रमा फिल्म सुस्त छ । पात्र स्थापित गर्ने निर्देशकले लामो स्क्रिन टाइम खर्चिएका छन् । बीचका केही दृश्य लामो हुँदा दर्शकको मन विकेन्द्रिकृत हुन सक्ने स्थान भेटिन्छ ।

दोस्रो हाफमा ‘मिश्री बा’ र बालबालिकाको साक्षात्कारको दृश्य निर्देशकले रचानात्मक र छोटो स्क्रिन टाइममा चुस्त रुपले देखाउने स्थान भेटिन्छ । क्लाइमेक्स हेर्न पर्खिएका दर्शकले यो दृश्यले फिल्म झन् सुस्त बनाएको महसुस गर्न सक्छन् । 

छोरासँगको दृश्यमा मात्रै नीर शाहको संवाद सटिक र गहन छन् । अन्य पात्रसँगको साक्षात्कारमा उनको त्यति बोल्ड संवादमा बोल्दैनन् । 

क्लाइमेक्सको सुरुवाती दृश्यमा नीर शाहले निरीह निर्णय लिन्छन् । छोराहरुलाई गाउँ फर्काउने अठोटमा हिँडेका उनी किन त्यस्तो निर्णयमा पुग्छन् ? यो आश्चर्य लाग्दो नै छ । यसको ठोस जवाफ पनि पाइँदैन । उनी निर्णय लिन बाध्यकारी हुनुपर्ने कठिन अवस्था छैन ।

छोरा र छोरी समान हुन् । तर, यो फिल्ममा बुवालाई छोराको महत्त्व मात्रै देखाइएको छ । फिल्ममा छोरीको अस्तित्व नै छैन । सामाजिक कथामा बनेको पारिवारिक फिल्ममा छोरी स्थान किन नदिएको होला ? 

आधुनिक समयमा विकासको पूर्वाधारले संगठित नभएको गाउँमा सन्तानलाई नीर शाह किन राख्न चाहन्छन् ? यसको पनि ठोस जवाफ पनि फिल्ममा छैन । उनी सुझबुझ भएकै व्यक्तित्व भएकाले यो प्रश्न उठ्छ ।

 बलियो पक्ष 

फिल्मले देखाउन खोजेको कथा अहिलेको अवस्थामा अधिकांश नेपालीको घरघरको हो । यो फिल्म हेर्ने दर्शकलाई वृद्ध बुवा–आमाले सन्तानबाट के खोज्छन् भन्ने प्रष्ट पार्छ । 

सबै कलाकार अभिनय अब्बल छ । बुद्धि (माने) ले नबोलेरै धेरै कुरा भनेका छन् । उनको अभिनय फिल्मको अर्को मजबुत पाटो हो । 

नीर शाह ओजिलो बोली र अग्लो कद भएका सम्पन्न परिवारको बुवाको भूमिकामा छन् । उनी भावुक भएको र भावुक संवाद बोलेको पनि सुहाएको छ । 

‘परान’ जस्ता सुस्त गतिका फिल्महरु डबिङमा चिप्लिन्छन् । यो फिल्म बचेको छ । 

ब्याकग्राउन्ड म्युजिक मध्यम नै छ । आवश्यकता अनुसार नै प्रयोग भएको छ । कतै बढी र कम भएको महसुस हुँदैन । फिल्मको कथा कतै भड्किएको छैन । 

प्रि–क्लाइमेक्समा सहायक पात्र मदनकृष्णको चरित्रलाई केन्द्रमा राखिएको छ । त्यसपछि फिल्मले गति लिन्छ । क्लाइमेक्ससम्म फिल्मले गति लिएको छ ।

फिल्मको मुख्य सन्दिर्भका संवाद उत्कृष्ट सटिक छन् । भावुक बनाउन अनावश्यक भावुक शब्द जोडिएका छैनन् । कुनै पनि संवाद ‘बढी भो’ भन्ने छैन । कान बिजाउने छैन । 

क्यामेरामेनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । एक दुई स्थानमा निर्देशकको क्रिएसन गज्जबको देखिन्छ । जस्तो पहिलो हाफको अन्त्यमा महेश गाडी चढेर हिँड्दा रूख ढलेको दृश्य देखिन्छ । यसलाई निर्देशकले अशुभको बिम्बको रुपमा प्रस्तुत गरेका हुन् । फिल्मका केही स्थानमा उनको यस्तो क्रिएटिभिटी हेर्न पाइन्छ । 

 कस्तो छ फिल्म ?

फिल्मको समग्रमा राम्रो बनेको छ । औसतभन्दा माथि छ । 

ग्रामीण परिवेश बुझेका व्यक्तिलाई यो फिल्मले झन् भावुक बनाउन सक्छ । 

यतिको फिल्म ‘पैसा असुल’ नै हो । कथालाई पर्दामा उतार्दा निर्देशक आचनार्यले ‘परान’ भरेका छन् । अनि बनेको छ ‘परान’ ।
तथापि, पहिलो हाफको मध्य र दोस्रो हाफमको मध्य तिर दर्शकले फिल्म अलि लामो बनेको महसुस गर्न सक्छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ८ : ५९ बजे

मनाइयो कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि

काठमाडौं– कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि पर्व बुधबार

माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण (तस्बिरहरू)

काठमाडौं– कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क

व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्रै कुटिइन् प्रधानाध्यापक

सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिकास्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई