हङकङ सिक्सेस खेल्ने नेपाली टिमको बिदाइ « Khabarhub

हङकङ सिक्सेस खेल्ने नेपाली टिमको बिदाइ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सुपर सिक्सेस खेल्ने नेपाली क्रिकेट टिमलाई बिदाइ गरेको छ।

क्यानले मंगलबार राति शरद भेषावकरको कप्तानीमा घोषणा भएको सात सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेको हो।

भेषावकरको कप्तानीमा रहेको टिम क्रिकेट हङकङ चाइनाको आयोजनामा हङकङमा हुने प्रतियोगिताका सहभागी हुन गएको हो।

हङकङ सिक्सेस खेल्ने नेपाली टिममा सन्दीप जोरा, लोकेश बम, बसिर अहमेद, आदिल आलम, रशिद खान र रुपेश सिंह छन्।

यो प्रतियोगिताको नेतृत्व गरेसँगै भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्ने बताएका छन्।

हङकङ सिक्सेस नोभेम्बर ७ देखि ९ सम्म हुँदैछ। प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहने छ। चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन्।

त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन्।

यो प्रतियोगिताका हरेक खेल समान छ-छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : २० बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा