हङकङ सिक्सेस खेल्ने नेपाली टिमको बिदाइ « Khabarhub

हङकङ सिक्सेस खेल्ने नेपाली टिमको बिदाइ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सुपर सिक्सेस खेल्ने नेपाली क्रिकेट टिमलाई बिदाइ गरेको छ।

क्यानले मंगलबार राति शरद भेषावकरको कप्तानीमा घोषणा भएको सात सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेको हो।

भेषावकरको कप्तानीमा रहेको टिम क्रिकेट हङकङ चाइनाको आयोजनामा हङकङमा हुने प्रतियोगिताका सहभागी हुन गएको हो।

हङकङ सिक्सेस खेल्ने नेपाली टिममा सन्दीप जोरा, लोकेश बम, बसिर अहमेद, आदिल आलम, रशिद खान र रुपेश सिंह छन्।

यो प्रतियोगिताको नेतृत्व गरेसँगै भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्ने बताएका छन्।

हङकङ सिक्सेस नोभेम्बर ७ देखि ९ सम्म हुँदैछ। प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहने छ। चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन्।

त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन्।

यो प्रतियोगिताका हरेक खेल समान छ-छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : २० बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज