एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार « Khabarhub

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा आधार चयन गरेको छ । अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले ती आधारहरू मातहतका कमिटीमा पठाएको छ ।

मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११औँ महाधिवेशनका लागि मंसिर १३ गते देशैभरी एकै पटक प्रतिनिधि छनौट हुने कार्यतालिका यसअघिको सचिवालय बैठकले सार्वजनिक गरिसकेको छ ।

अपानिमा जनाइए अनुसार महाधिवेशन प्रतिनिधि हुनका लागि केन्द्रीय सङ्गठन विभागले प्रमाणित गरेको पार्टी सदस्यताको विवरणका आधारमा गर्नुपर्ने छ । यसैगरी पार्टी केन्द्रीय कार्यालयमा रहेको पार्टी  सदस्यता भूगोलमा लैजान चाहनेहरूले कात्तिक मसान्तसम्ममा सदस्यता स्थानान्तरण गरिसक्नु पर्ने अपानिमा जनाइएको छ ।

पदेन प्रतिनिधि रहेका आयोजकहरूले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुन पाउने छैनन् । बाँकी सबै पार्टी सदस्यहरूले तोकिएको एउटा मात्र क्लस्टरमा सहभागी भएर प्रतिनिधि छनौट गर्न पाउने एमालेको अपानिमा उल्लेख गरिएको छ ।

दलित र श्रमिकको क्लस्टरमा रहेका पार्टी सदस्यहरूको विवरण जिल्ला र प्रदेश कमिटीले एक हप्ता अगाडि नै सार्वजनिक गर्न एमालेले निर्देशन दिएको छ ।

यसैगरी जनसङ्गठनमा रहन चाहने पार्टी सदस्यलाई आफ्नो नाम भूगोल वा विशेष कमिटीबाट अलग गर्नुपर्ने प्रावधान राखिएको छ ।

प्रतिनिधि छनौट गर्दा कुनै विवाद वा अस्पष्‍टता भएमा केन्द्रीय सङ्गठन विभागमा सम्पर्क गर्न भनिएको छ तर विवादका नाममा आवश्यक भन्दा बढी प्रतिनिधि पठाए विभागले त्यसलाई मान्यता नदिने अपानिमा जनाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो जारी गर्नु भएको अपानि मातहतका कमिटीहरूमा पुग्ने क्रममा रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार अपानि प्राप्त गरिसकेपछि त्यसका आधारमा जिल्ला कमिटीहरूले सङ्घीय  निर्वाचन क्षेत्र अनुसारका प्रतिनिधि छनौटको व्यवस्था गर्नेछन् ।

महाधिवेशनमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय, भूगोल र विभिन्न क्लस्टर र मनोनितसहित २ हजार १ सय २७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

छनौट भएका प्रतिनिधिले फोटोसहित सङ्गठन विभागले पठाएको ढाँचामा विवरण भरेर केन्द्रीय कार्यालयमा पठाउनु पर्ने अपानिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ८ : ४१ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग