विश्वकप लिग-२ : युएईविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

विश्वकप लिग-२ : युएईविरुद्ध नेपाल ब्याटिङमा


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले सुरुमा ब्याटिङ गर्दैछ । युएईले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो ।

जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हारको सामना गरेकाले आजको खेल जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो। आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ।
अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ।

अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ। अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको युएईले ८ अंक मात्र बनाएको छ।

समान १९ खेल खेलेको नेपालको १२ अंक छ। तीन खेल खेलिसक्दासमेत नेपालले युएई शृङ्खलामा अंक जोड्न सकेको छैन।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ४३ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा