चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन | Khabarhub Khabarhub

चन्द्र भण्डारी भन्छन्- कांग्रेसले महाधिवेशनबाट भाग्न मिल्दैन


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस नेता डा. चन्द्र भण्डारीले जेन-जी आन्दोलनपछि उत्पन्न जटिल परिस्थितिमा नेपाली कांग्रेसले जिम्मेवार र परिपक्व निर्णय लिनुपर्ने बताएका छन् ।

भण्डारीले अहिलेको समय देशमा देखा परेका राष्ट्रिय समस्याहरू समाधानमा केन्द्रित हुनुपर्ने बेला भएको बताएका छन् । उनले भने, ‘यस्तो संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ ।’

उनले पार्टीभित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढ्ने चेतावनी पनि दिएका छन्। ‘कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

भण्डारीले पार्टीको सबैभन्दा शक्तिशाली निकायले बहुमतको हस्ताक्षरसहित महाधिवेशनको प्रस्ताव बुझाइसकेको उल्लेख गर्दै अधिवेशन नियमित प्रक्रिया र पार्टीको जीवन्तताको प्रतीक भएको बताएका छन्।

तत्कालीन सत्ता साझेदार नेकपा एमाले पनि मंसिरमा महाधिवेशन गर्ने तयारीमा रहेको अवस्थामा कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता देखाउन चुक्न नहुने र आफ्नो अधिवेशन पनि टार्न नमिल्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘बजारमा तर्क र विचार बिक्छ, तर बिक्दैन- ‘सकिँदैन’ भन्ने मात्र तर्क ।’

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ११ : २४ बजे

मनाइयो कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि

काठमाडौं– कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि पर्व बुधबार

माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण (तस्बिरहरू)

काठमाडौं– कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क

व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्रै कुटिइन् प्रधानाध्यापक

सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिकास्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई