राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्दै « Khabarhub

राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्दै


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले अधिक तरलता कायम रहेपछि आज ५० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले दिउँसो २ बजे बोलकबोलमार्फत १७५ दिनको लागि निक्षेप तान्न लागेको हो ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

यस्तै, बोल गर्न सकिने रकम न्युनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख १६ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अत्यधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्ने गरेको छ ।

आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : ११ बजे

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील