रामकुमारीले भनिन्- माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी विघटन भयो, हामी पार्टीविहीन भयौँ « Khabarhub

रामकुमारीले भनिन्- माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी विघटन भयो, हामी पार्टीविहीन भयौँ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी विघटन भएको उल्लेख गर्दै अब सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी हुन् ।

प्रारम्भका दिनहरुमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले नयाँ अभियानमा जोडिए पनि त्यो अभियान एक हिसाबले समाप्त भएको र आफूहरूको अध्याय टुंगिएको उनले बताइन् ।

झाँक्रीले अहिले आफूहरू पार्टीविहीन बनेको र पजको अवस्थामा रहेको जिकिर गरिन् । अहिलेको एकता प्रक्रियाले बृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चित रहेको उनले बताइन् । 

उनले फरक–फरक बिचार राख्ने दलहरू एकैठाँउ आउँदा दल कमजोर हुन्छ भन्ने कुरा नेकपा एकतामा नै भोगेको उल्लेख गरिन् ।

त्यस्तै एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्तरुपमा मूलघर फर्किन लागेको बताए । जीवन अर्पण गरेको पार्टी एमाले भएकाले एमालेमा प्रवेश नभई घर फर्कने अभियानमा जुटेको उनले बताए । 

उनले एमालेबाट विद्रोह गरेको कुरालाई भुलेर घरमा नै स–सम्मान फर्कने वातावरण बनाइदिन एमाले नेतृत्वलाई आग्रह समेत गरे । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : २८ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका