काभ्रेमा सुरु भयो नमोबुद्ध जात्रा : पितृको सम्झनामा ‘दीप प्रज्वलन’ « Khabarhub

काभ्रेमा सुरु भयो नमोबुद्ध जात्रा : पितृको सम्झनामा ‘दीप प्रज्वलन’


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा बुधबार नमोबुद्ध मेला लागेको छ ।  

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमा तिथिमा दिन नमोबुद्ध मेलाका साथै जात्रा हुने गर्दछ । जात्रामा दिवंगत आत्माहरुको स्मरणमा दिप प्रज्वलन तथा पूजाआजा गर्ने गरिन्छ । देशका विभिन्न जिल्लासँगै अन्य देशहरूबाट बौद्ध धर्मालम्बीहरु जात्रामा आउने गर्छन् ।

पूर्णिमाको दिन शान्तिका प्रतीक गौतमबुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देह त्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन मानिने भएकाले यस दिन विशेष ठूलो घुइँचो लाग्ने गर्दछ । किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको स्थान मानिन्छ ।

द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्वलन गर्न बर्सेनि बौद्ध धर्मालम्बी नमोबुद्धमा पुग्ने गर्दछन् । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : ०८ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान