नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास « Khabarhub

नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नौ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्नुअघि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका दुई नेतालाई फकाउने अन्तिम प्रयास गरेका छन् ।

मंगलबार साँझ गुन्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई प्रचण्डले आफ्नो खेमामा तान्ने अन्तिम कोसिस गरेका हुन् ।

प्रचण्डले यी दुवै नेताहरूसँग आफ्नै निवास खुमलटारमा बुधबार बिहान लामो संवाद गरेका हुन् । यी दुवै नेता एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकता घोषणामा असहमति जनाउँदै अलग्गिएका छन् । उनीहरू दुवैजना तत्काल कतै नगई एकीकृत समाजवादीलाई नै पुनर्गठनको योजनामा छन् ।

यद्यपि खनालले ओलीसँग संवाद गरेपछि उनी एमालेमा फर्किने लख पनि काटिएको छ । तर उता घनश्याम भुसाल भने अब नयाँ शक्ति निर्माणमा लाग्ने सम्भावना बलियो छ। यी दुवै नेतालाई एकता घोषणा सभामै उपस्थित गराउने जमर्कोस्वरुप प्रचण्डले छलफल गरेका हुन् ।

उक्त छलफलमा झलनाथ र घनश्यामलाई वामपन्थी एकताको प्रस्थानबिन्दुका रुपमा रहेको यो पार्टी एकतालाई सघाउन प्रचण्डले प्रस्ताव गरेको खुलेको छ।

तर, दुवैजना नेताले कम्युनिस्ट आन्दोलन पुनर्गठनको बाटो नै अहिलेका लागि उचित रहेको जवाफ दिएका थिए । भुसालले त्यहीअनुसार बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् । तर उक्त पत्रकार सम्मेलनमा नेता खनाल भने देखिएनन् । घनेन्द्र बस्नेत र जीवनराम श्रेष्ठले उनलाई साथ दिए ।

यसअघि मंगलबार मात्रै प्रचण्डको निर्णयमा असहमति जनाउँदै एकताबाट बाहिरिएका माओवादी नेता जनार्दन शर्मा प्रभाकारले पनि प्रगतिशील अभियान नेपालको घोषणा गरेका छन् ।

जनार्दनलाई राम कार्की, अञ्जना विसंखे, सन्दीप पुन र सुदन किरातीसहितले साथ दिएका छन् । एकातिर एकताको निर्णय भइरहँदा केही दिनभित्रै चार भन्दा धेरै पार्टी टुक्रा टुक्रा भएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : ५४ बजे

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा