माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल « Khabarhub

माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि मिसिन पुगेका छन् ।

माओवादीसहितको एकतामा गम्भीर असहमति जनाएका उनले मंगलबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए ।

त्यसैगरी बुधबार बिहान उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका थिए ।

त्यहाँ उनलाई प्रचण्डले एकीकृत पार्टीमा समाहित हुन आग्रह गरेका थिए । उनीसँगै समाजवादी महासचिव घनश्याम भुसालसँग पनि प्रचण्डले छलफल गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : ५२ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान