पार्टी पुनर्गठनमा लाग्ने घनश्याम भुसालको घोषणा « Khabarhub

पार्टी पुनर्गठनमा लाग्ने घनश्याम भुसालको घोषणा


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्युनिष्ट एकता प्रक्रियाबाट अलग भएका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनमा लाग्ने घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुसालले पार्टी नेतृत्वकै कारणले कम्युनिष्ट आन्दोलक तीब्र अराजनीतिकरणका साथै दक्षिणपन्थी र अवसरवादी बन्दै गएको भन्दै अहिले एकता प्रक्रियामा समाहित हुन नसकिने समेत स्पष्ट पारे ।

उनले अहिलेको अवस्थामा इमानदार क्रान्तिकारीहरूले नयाँ पहलकदमीका लागि तयार हुनुपर्ने बताए । तथाकथित एकताको भ्रममा नपर्न आग्रह गर्दै उनले नेकपा एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन अपिल गरे । 

आगामी मंसिर पहिलो हप्ता आयोजना गरिने भन्दै उनले राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरे । त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने उनले जानकारी दिए ।

आन्दोलनको विचार र संगठन तथा जीवनवृत्तिमा समेत व्यापक पुनर्गठन अति जरुरी रहेकाले अव आफूहरूको ध्यान त्यसतर्फ हुने उनले बताए ।

उनले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको घोषित उद्देश्यका साथ बनेको पार्टीले आफ्नो औचित्य स्थापित नगर्दै एकीकरणको प्रक्रिया अघि बढाउनु ठूलो घोका भएको उल्लेख गरे ।

एकताका नाममा उल्टो बाटो हिँडेर तमासा गर्न लागेको टिप्पणी गर्दै भुसालले त्यस्तो एकताले कम्युनिष्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै जाने बताए ।

भुसालले पुनर्गठित पार्टीहरूको ध्रुविकरण र एकताका आधारमा सिङ्गो कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न सकिने उल्लेख गरे ।

भुसालले अहिलेको अवस्थामा प्रचण्ड र माधव नेपालले नेतृत्व छाड्ने घोषणा गरे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको जिकिर गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ३६ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको