मुलुक अगाडि बढाउन संसद् पुर्नस्थापना आवश्यक : उपाध्यक्ष पौडेल « Khabarhub

मुलुक अगाडि बढाउन संसद् पुर्नस्थापना आवश्यक : उपाध्यक्ष पौडेल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले संसद् पुर्नस्थापना गरि संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद् पुर्नस्थापना गर्नुपर्ने बताएका हुन् ।

जेन-जी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद् पुर्नस्थापना हुनुपर्ने उनको भनाइ छ ।

उनले भाद्र २३ गते जेन-जी युवा पुस्ताको हत्याको घटनाको छानविन गरि कारवाही हुनुपर्ने र भदौ २४ गते  भएको आगजनी र विध्वंसको पनि छानविन गरि कारवाही हुनुपर्ने धारणा राखे ।

पौडेलले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन गर्ने दावी पनि गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ४० बजे

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको

पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै

काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन – हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको

प्रतिनिधिसभा निर्वाचन : एक मतदातास्थल र १८ केन्द्र थप गरियो

रौतहट – आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित