भृकुटीमण्डपमा एकता सभा, प्रचण्ड, माधवदेखि झलनाथसम्म (तस्बिरहरू) « Khabarhub

भृकुटीमण्डपमा एकता सभा, प्रचण्ड, माधवदेखि झलनाथसम्म (तस्बिरहरू)


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ दलबीचको एकता राष्ट्रिय सम्मेलन जारी छ ।

भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलनमा माओवादीसँग समाहित दल तथा नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

मंगलबार बसेको नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नयाँ दलको नाम  ‘नेपाली कम्युनिस्ट पार्टी राखेको छ । यसको चुनाव चिह्न पाँच कुने तारा हुनेछ ।

उक्त कर्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि मिसिन पुगेका छन् ।
माओवादीसहितको एकतामा गम्भीर असहमति जनाएका उनले मंगलबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए ।

त्यसैगरी बुधबार बिहान उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका थिए ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : ०१ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका