बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने | Khabarhub Khabarhub

बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने भएको छ ।  

प्रत्येक १२ वर्षमा हुँदै आएको नाच बनेपाको लायकु डबलीमा कार्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने जात्रा व्यवस्थापन समितिका संयोजक एवं बनेपा नगरपालिका वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिइन् । 

परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयारलगायत परम्परागत ङत त्वाः समाजका सदस्यहरूको सक्रिय सहभागितामा श्री श्वेतकाली देवीको नाच हुने उनले बताइन् । 

मानन्धरका अनुसार, कार्तिक २० गते भक्तपुरबाट देवीको विधिवत् प्रस्थान गराइ दिउँसो २ बजे बनेपाको लायकु गणेशस्थानमा ल्याइनेछ । 

उनले सांस्कृतिक बाजागाजासहित मंगलयात्रा गरेर देवीलाई लायकु डबलीमा प्रवेश गराउने र मध्यरातसम्म नाच गराउने तालिका रहेको जानकारी दिइन् ।

त्यस्तै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले परापूर्वकालदेखि संचालन हुँदै आएको देशकै धार्मिक र सांस्कृतिक गौरव बोकेको श्री श्वेतकाली १२ वर्षे देवी नाच पर्वलाई बचाइराख्न नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहेको बताइन् । 

१२ वर्षमा एक पटक काठमाडौंको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक र कालभैरव पछाडिको डबली, ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा यो नाच हुने गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ४६ बजे

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री

मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे

ओलीलक्षित प्रचण्डको कटाक्ष : जेन-जीहरूलाई दमन र हत्या गर्नेले हाम्रो पार्टीलाई वृद्धाश्रम भनेछन्

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जीहरूको शान्तिपूर्ण

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव