बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने « Khabarhub

बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने भएको छ ।  

प्रत्येक १२ वर्षमा हुँदै आएको नाच बनेपाको लायकु डबलीमा कार्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने जात्रा व्यवस्थापन समितिका संयोजक एवं बनेपा नगरपालिका वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिइन् । 

परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयारलगायत परम्परागत ङत त्वाः समाजका सदस्यहरूको सक्रिय सहभागितामा श्री श्वेतकाली देवीको नाच हुने उनले बताइन् । 

मानन्धरका अनुसार, कार्तिक २० गते भक्तपुरबाट देवीको विधिवत् प्रस्थान गराइ दिउँसो २ बजे बनेपाको लायकु गणेशस्थानमा ल्याइनेछ । 

उनले सांस्कृतिक बाजागाजासहित मंगलयात्रा गरेर देवीलाई लायकु डबलीमा प्रवेश गराउने र मध्यरातसम्म नाच गराउने तालिका रहेको जानकारी दिइन् ।

त्यस्तै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले परापूर्वकालदेखि संचालन हुँदै आएको देशकै धार्मिक र सांस्कृतिक गौरव बोकेको श्री श्वेतकाली १२ वर्षे देवी नाच पर्वलाई बचाइराख्न नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य रहेको बताइन् । 

१२ वर्षमा एक पटक काठमाडौंको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक र कालभैरव पछाडिको डबली, ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा यो नाच हुने गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ४६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको