विशेष महाधिवेशनको विपक्षमा नेता शाही, भने- त्यो महाभारततिर छिर्दै नछिरौँ « Khabarhub

विशेष महाधिवेशनको विपक्षमा नेता शाही, भने- त्यो महाभारततिर छिर्दै नछिरौँ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीको विशेष महाधिवेशन गर्नु उचित नहुने बताएका छन्।

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई बुधबार सम्बोधनका क्रममा उनी विशेष महाधिवेशनको विपक्षमा उभिएका हुन्।

उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहित बुझाएको निवेदनमा पनि शंका गरे ।

‘विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत हस्ताक्षार झूटो हुन सक्छ,’ उनले भने, ‘मैले बुझेको विशेष महाधिवेशन भनेको समय हुँदाहुँदै नेतृत्व सक्षम नभए हटाएर अर्को ल्याउने हो। यस पटक त हाम्रो अवधि लगभग सकिएको छ।’

अहिले कांग्रेसमा फागुन २१ को निर्वाचनअघि या पछि पन्ध्रौँ महाधिवेशन गर्ने झमेला छ । उता महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ र सह-महामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

‘एकले अर्कालाई हामीले धम्की दिने, धम्काउने र तर्साउने मात्रै कुरा गरिरहेका छौँ । यसले हामीलाई राम्रो ठाउँमा लैजाँदैन’, उनले भने ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ५८ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय