विशेष महाधिवेशनको विपक्षमा नेता शाही, भने- त्यो महाभारततिर छिर्दै नछिरौँ « Khabarhub

विशेष महाधिवेशनको विपक्षमा नेता शाही, भने- त्यो महाभारततिर छिर्दै नछिरौँ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीको विशेष महाधिवेशन गर्नु उचित नहुने बताएका छन्।

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई बुधबार सम्बोधनका क्रममा उनी विशेष महाधिवेशनको विपक्षमा उभिएका हुन्।

उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहित बुझाएको निवेदनमा पनि शंका गरे ।

‘विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत हस्ताक्षार झूटो हुन सक्छ,’ उनले भने, ‘मैले बुझेको विशेष महाधिवेशन भनेको समय हुँदाहुँदै नेतृत्व सक्षम नभए हटाएर अर्को ल्याउने हो। यस पटक त हाम्रो अवधि लगभग सकिएको छ।’

अहिले कांग्रेसमा फागुन २१ को निर्वाचनअघि या पछि पन्ध्रौँ महाधिवेशन गर्ने झमेला छ । उता महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ र सह-महामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

‘एकले अर्कालाई हामीले धम्की दिने, धम्काउने र तर्साउने मात्रै कुरा गरिरहेका छौँ । यसले हामीलाई राम्रो ठाउँमा लैजाँदैन’, उनले भने ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ५८ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।