झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ « Khabarhub

झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन्  ।  

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित कम्युनिष्ट पार्टी एकता कार्यक्रममा खनालले अहिले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका हुन् ।

अहिलेको कम्युनिष्ट एकता देशको हितमा रहेकाले आफू सहभागी भएको भन्दै उनले अब हिजो भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने धारणा राखे । उनले कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोपको श्रृंखला अव अन्त्य हुनुपर्नेमा जोड दिए । 

उनले जायज माग लिएर आन्दोलनमा उत्रिएका जेन-जीहरुको आन्दोलन हाइज्याक भएर हिसांत्मक घटनामा मोडिएको जिकिर गरे । 

देशी विदेशी प्रतिक्रियावादीले देशलाई ध्वस्त पार्न ठूलो षडयन्त्र गरेको उनले बताए । खनालले देशलाई पुन निर्माण गर्ने ताकत कम्युनिष्टसंँग मात्र रहेको जिकिर गरे । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ४ : १३ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।