बाँकेमा धानखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो « Khabarhub

बाँकेमा धानखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँके जिल्लामा धानखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा भने वृद्धि भएको छ । यस वर्ष ३४ हजार ७११ हेक्टरमा धानखेती गरिएकोमा प्रति हेक्टर ४.६ मेट्रिक टन उत्पादन भई कुल एक लाख ६० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खडक बस्नेतले बताए ।

उनका अनुसार, गत वर्ष ३४ हजार ५०२ हेक्टरमा धान खेती गरिएकोमा प्रति हेक्टर ४.२ मेट्रिक टनका दरले एक लाख ४५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष सुरुदेखिनै अनुकूल मौसमले समयमा रोपाइँ हुनुका साथै वर्षामा क्षति पनि नभएकाले यस वर्ष गत वर्षभन्दा १५ हजार मेट्रिक टन बढी धान उत्पादन हुने भएको छ । 

यसैबीच खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानबाट धान खरिदका लागि मूल्य निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्लबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानप्रति क्विन्टल  तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरी मूल्य निर्धारण गरेको हो । 

मूल्य निर्धारणको काम गरिए पनि आन्तरिक तयारी गरी आइतबारदेखि मात्रै किसानबाट धान खरिद सुरु गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले जानकारी दिए। 

उनका अनुसार जिल्लामा यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान पाँच हजार क्विन्टल किसानबाट खरिद गर्ने निर्णय भएको छ । गोदाम व्यवस्थापनलगायतका अन्य प्राविधिक काम सकेर आइतबारदेखि किसानबाट धान खरिद गर्ने तयारी भएको छ ।  
 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : १३ बजे

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील