अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद « Khabarhub

अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको कम्युनिस्ट घटकहरूको नयाँ पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई तेस्रो वरीयता दिइने भएको छ।

बुधबार बिहान खुमलटारमा फाइनल बैठक बसेर माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उनका लागि तेस्रो वरीयता तय गरेका हुन् ।

छलफलका क्रममा तेस्रो वरियता दिनेपछि उनी पार्टी एकता सभामा अन्तिम समयमा सामेल भएको उनीनिकट नेताहरू बताउँछन् ।

खनालले पनि आफूलाई प्रचण्डले सम्मानपूर्वक राख्छु भनेपछि एकतामा सामेल भएको बताएका छन्।

नयाँ बन्न लागेको पार्टीमा प्रचण्ड संयोजक त्यसपछि माधव नेपालको पद र तेस्रो वरीयतामा झलनाथ खनालको पद रहनेछ।

प्रचण्ड संयोजक भएर दुई नेता सह-संयोजक हुनसक्ने नेताहरूले बताएका छन् । तर कुन पद भन्ने अहिलेसम्म टुङ्गो नलागेको उनीनिकट नेताहरू बताउँछन्।

‘पुष्पकमल दाहाल प्रचण्ड त्यसपछाडि माधव नेपाल र तेस्रो वरीयतामा झलनाथ कमरेड रहनुहुन्छ’, एक नेताले खबरहबलाई भने,‘बुधबार बिहान प्रचण्ड र झलनाथ भेटेर यसबारे निर्णय भएको हो।’

स्रोतका अनुसार मंगलबार र बुधबार पनि माधव नेपाल र प्रचण्डले झलनाथको पदका विषयमा लामो छलफल गरेका थिए।

त्यसपछाडि प्रचण्डले उनलाई तेस्रो वरीयता दिएपछि एकतामा जान तयार भएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : २९ बजे

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु

हुल बाँधेर अस्पतालमा बिरामी भेट्न जानु कति उचित ?

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इष्टमित्र वा साथी भाइ

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु