अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद « Khabarhub

अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको कम्युनिस्ट घटकहरूको नयाँ पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई तेस्रो वरीयता दिइने भएको छ।

बुधबार बिहान खुमलटारमा फाइनल बैठक बसेर माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उनका लागि तेस्रो वरीयता तय गरेका हुन् ।

छलफलका क्रममा तेस्रो वरियता दिनेपछि उनी पार्टी एकता सभामा अन्तिम समयमा सामेल भएको उनीनिकट नेताहरू बताउँछन् ।

खनालले पनि आफूलाई प्रचण्डले सम्मानपूर्वक राख्छु भनेपछि एकतामा सामेल भएको बताएका छन्।

नयाँ बन्न लागेको पार्टीमा प्रचण्ड संयोजक त्यसपछि माधव नेपालको पद र तेस्रो वरीयतामा झलनाथ खनालको पद रहनेछ।

प्रचण्ड संयोजक भएर दुई नेता सह-संयोजक हुनसक्ने नेताहरूले बताएका छन् । तर कुन पद भन्ने अहिलेसम्म टुङ्गो नलागेको उनीनिकट नेताहरू बताउँछन्।

‘पुष्पकमल दाहाल प्रचण्ड त्यसपछाडि माधव नेपाल र तेस्रो वरीयतामा झलनाथ कमरेड रहनुहुन्छ’, एक नेताले खबरहबलाई भने,‘बुधबार बिहान प्रचण्ड र झलनाथ भेटेर यसबारे निर्णय भएको हो।’

स्रोतका अनुसार मंगलबार र बुधबार पनि माधव नेपाल र प्रचण्डले झलनाथको पदका विषयमा लामो छलफल गरेका थिए।

त्यसपछाडि प्रचण्डले उनलाई तेस्रो वरीयता दिएपछि एकतामा जान तयार भएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : २९ बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको