स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर « Khabarhub

स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । 

मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीइसीडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको छ ।  

मन्त्रिस्तरीय निर्णयबाट परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदनकुमार उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा डा राधिका थपलिया, व्यवस्थापन महाशाखाको प्रमुखमा केशव पण्डित र ईडीइसीडीको निर्देशक पदमा डा रोशन न्यौपानेलाई सरुवा गरिएको छ ।  

यसैगरी डा पवनजङ्ग रायमाझी उपचारात्मक सेवा महाशाखाको निर्देशकमा सरुवा भएको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : २८ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु