नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित « Khabarhub

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । 
 
बुधबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबिच एकता घोषणा गरिएको हो । 

पार्टी एकताका लागि दलहरुबीच नौबुँदे सहमति भएको छ । पार्टीको केन्द्रीय संयोजकमा पुष्पकमल दाहाल र प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाललाई चयन गरिएको छ ।

एकता घोषणा कार्यक्रममा पार्टी एकतामा आएका दलका सवै नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीको हुने र पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने प्रस्तावलाई सवै दलका नेताहरुले अनुमोदन गरेका थिए ।

नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । 

नेपाली कम्युनिस्ट पार्टीको आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । 

एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने बताइएको छ । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ४ : ३१ बजे

शुक्लाफाँटामा बाघ गणना सुरु

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबारदेखि बाघ गणना सुरु भएको

इरानी राष्ट्रगान नगाएका पाँच महिला फुटबलरलाई अष्ट्रेलियामा शरण

तेहरान-एशियन कप फुटबल प्रतियोगिताबाट बाहिरिएपछि इरानको महिला फुटबल टोलीका पाँच

इरानको बालिका स्कुलमा नरसंहार, ट्रम्प भन्छन्- आक्रमणबारे धेरै जानकारी छैन

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको एक विद्यालयमाथि टमाहक क्रुज

इरान भन्छ– लामो युद्ध लड्न तयार छौँ, अमेरिकासँग वार्ताको सम्भावना छैन

तेहरान- इरानका सर्वोच्च नेताका विदेश नीति सल्लाहकार कमाल खर्राजीले अब

जिपले च्यापेर चालकको मृत्यु

लमजुङ– जिपले च्यापेर यहाँको दोर्दी गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार