कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन « Khabarhub

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पार्टीलाई यथार्थमा टेकेर सामूहिक सहमतिबाट अघि बढ्नुपर्ने बताएका छन् ।

बैठकमा बोल्दै उनले फागुन २१ मा नै चुनाव हुने सरकारी सूचनाहरू आइरहेको बताउँदै कांग्रेसले चुनाव नै हुँदैन भन्ने जस्तो निष्कर्षमा पुग्न नहुने धारणा राखे।

उनले भने, ‘चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न छ । केही अन्तर्क्रिया भइरहेको छ-प्रधानमन्त्रीदेखि सबैसँग। तर चुनावै हुँदैन नभनौँ। सरकारी रिपोर्टहरू अनुसार हेर्दा फागुनमा हुने संकेत छ।’

मुख्यमन्त्री पाण्डेले कांग्रेसले चुनाव र महाधिवेशन दुवैलाई सँगै अघि बढाउने स्पष्ट योजना बनाउनुपर्ने बताए। ‘चुनाव मात्रै पनि म भन्दिन। अधिवेशन पनि गर्नुपर्ने छ। अधिवेशन भनेर चुनाव इग्नोर गर्ने, वा चुनाव भनेर अधिवेशन इग्नोर गर्ने गरी अघि बढ्न सकिँदैन,’ उनले भने।

कांग्रेसभित्र मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई संस्थागत निर्णयमा परिणत गर्न सामूहिक सहमति आवश्यक रहेको उनले बताएका छन्। ‘विचार आफ्ना आफ्ना हुन्छन्, तर अन्धभक्त हुन हुँदैन। त्यस्तो हुन्थ्यो भने सबै केपी ओलीको पार्टीमा पुगिसक्थे, किनभने त्यहाँ ओलीले जे भन्छन् त्यही हुन्छ’, उनले भने ।

नेता पाण्डेले कांग्रेस अहिले राष्ट्रिय राजनीतिको एजेन्डाबाट किनारा लाग्दै गएको महसुस भइरहेको बताए। पार्टीले अब देशलाई नेतृत्व दिन सक्ने स्पष्ट दिशा तय गर्नुपर्ने समय आएको उनको तर्क छ।

अधिवेशन र टिकट वितरणबारे कुरा गर्दै उनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा र मनमुटाबलाई न्यून बनाउन सुझाव दिए। ‘अधिवेशन गरेर नयाँ नेतृत्वमा आएर टिकट बाँड्छु भन्ने सोच नराखौँ। अहिले पहिलेको जस्तो मारामार गरेर टिकट बाँड्नुपर्ने अवस्था छैन,’ उनले भने।

पाण्डेले पार्टीमा असहमति राख्नेहरूलाई विभाजनको नजरले नहेर्न पनि आग्रह गरे। ‘हस्ताक्षर गर्ने र नगर्ने साथीहरूलाई छुट्याएर हेर्नु ठिक होइन। नगर्नेलाई टिकट दिँदैन भन्ने सोच नलिऔँ,’ उनले जोड दिए।

पाण्डेले सबैलाई समेटेर जानुपर्ने बताएका छन् । ‘४५ वर्ष भयो कांग्रेस राजनीतिमा लागेको। यस पटक उत्साहित नबनौँ, नआत्तिऔँ। सबैलाई समेट्ने बाटो खोजौँ’, उनले भने ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ४ : ४० बजे

विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल : कस्तो होला बलिङ र ब्याटिङ ?

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज

‘अर्को हप्ता अमेरिकामा वार्ता, जुनसम्ममा रुस-युक्रेन युद्ध अन्त्य गर्न दबाब’

किएभ- युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

काठमाडौं – सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन