यी हुन् तौल घटाउने तीन सूत्र | Khabarhub Khabarhub

यी हुन् तौल घटाउने तीन सूत्र



पछिल्लो समय सुगर, प्रेसर, दम लगायत नसर्ने तथा दीर्घ रोगीहरूको संख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । धेरै दीर्घरोगहरुको प्रमुख कारण मोटोपन मानिएको छ । बढ्दो सहरीकरण र परिवर्तित जीवनशैलीका कारण मोटोपन धेरैको समस्या बनेको छ । त्यसैले तौल घटाउन जीवनशैलीमा सुधार, उपबास र किलो डाइट प्रभावकारी उपाय हुन सक्छन् ।

यी मध्ये सबैभन्दा जोखिमपूर्ण तरिका कुन हो र सबैभन्दा सुरक्षित कुन हो ? प्राय बिरामीहरूले के गुनासो गर्छन् भने म एकदमै थोरै खाना खान्छु र पनि मेरो तौल घट्दैन । त्यस्ता व्यक्तिका लागि के उपाय हुनसक्छ ? यो टिप्समा मैले यी तीन उपायबारे चर्चा गरेको छु । 

किटो डाइट 

किटो डाइट कस्तो डाइट हो भने फ्याट अर्थात् बढी बोसोमा डिपेण्डेन हुन्छ । बोसो बढी खाने व्यक्तिमा सेचुरेटेड फ्याटको मात्रा बढी हुन्छ । सेचुरेटेड फ्याट विशेषगरी रातो मासु र दूधजन्य खानेकुराबाट पाइन्छ । 

यस्ता खानेकुराहरु लामो समयसम्म धेरै खायो भने दीर्घरोग र कोलेष्ट्रोलको समस्या आउँछ । त्यसैले किटो डाइट तौल घटाउन प्रभावकारी उपाय भए पनि यसमा जोखिम त्यत्तिकै मात्रामा रहेको छ । 

कस्तो व्यक्तिका लागि यो उपयुक्त छ कस्तो व्यक्तिका लागि उपयुक्त छैन भन्ने कुराको बिचार पुर्‍याउनुपर्छ । 

उपवास 

उपवास बस्नु भनेको हाम्रो परम्परागत र धार्मिक मान्यता हो । हिन्दु मुस्लिम लगायत जुनसुकै धर्म मान्नेहरूमा पनि उपवास बस्ने परम्परा छ । यो धार्मिक तथा वैज्ञानिक दुवै दृष्टिकोणले राम्रो मानिएको छ । 

यस विषयमा गरिएका विभिन्न अध्ययनहरूले पनि यसलाई सकारात्मक रूपमा लिएका छन् । २४ घण्टामा १६ घण्टा नखाने ८ घण्टा खाने जुन कुरा ल्याइएको छ । यदि सकिन्छ भने आफ्नो जीवनलाई अनावश्यक रूपले प्रभावित नगरेर उपवास बस्न सकिन्छ । 

साँझ अलि चाँडो खाना खाने, बिहान ढिलो खाने, अरु स्वास्थ्य समस्या जस्तै दीर्घरोगहरु छैन, तौल घटाउनका लागि यो एकदमै उत्तम उपाय हुनसक्छ । यस विषयमा गरिएका नयाँ नयाँ अनुसन्धानले पनि यसलाई प्रभावकारी मानेका छन् । 

जीवनशैलीमा सुधार 

मैले आफ्नो जीवनमा लागू गरेको र बिरामीहरूलाई सल्लाह दिने सबैभन्दा सुरक्षित तौल घटाउने उपाय भनेको जीवनशैलीमा सुधार गर्नु हो । जसको लागि के गर्नुपर्छ भने हामी बिहानदेखि बेलुकासम्म जति खाना खान्छौँ, त्यसको हिसाब गर्ने र त्यसको हप्ता, महिनामा हामीले कति खान्छौँ, त्यसको अनुमान लगाउने । 

त्यो बीचमा कति दिन बाहिर गएर खान्छौँ र त्यहाँ कस्ता खानेकुरा खायौँ त्यो सबैको हिसाब गर्ने । त्यसपछि हामीले खाएको खानालाई पचाउन शारीरिक गतिविधि के गर्छौँ ? कति हिँड्छौँ ? ती सबै कुराको पनि जानकारी राख्ने । 

हाम्रा दैनिक गतिविधि हिँडाई, कामको प्रकृति, सुत्ने समय लगायतका क्रियाकलाप गर्दा कति क्यालोरी खर्च भयो ? जस्तै निदाएको बेलामा सबैभन्दा कम क्यालोरी खर्च हुन्छ भने ब्युँझिएर पनि सुतिरहेको अवस्थामा त्यो भन्दा अलि बढी क्यालोरी खर्च हुन्छ । 

त्यस्तै बसेको, उठेको, हिँडेको र दौडेको अवस्था अनुसार क्यालोरीको मात्रामा घटबढ भइरहेको हुन्छ । त्यसैले आफूले काम गर्ने प्रकृतिको बारेमा पनि जानकारी राख्नुपर्‍यो । एक दिनमा कति क्यालोरी बराबरको खाना खाएँ ? कति क्यालोरी खर्च गरेँ ? भन्ने कुराको हिसाब राख्ने र बिहानदेखि बेलुकीको खानामा कति कटौती गर्न सकिन्छ ? त्यो अनुसार कटौती गर्ने । 

त्यस्तो काम गर्ने शैलीमा पनि दुई घण्टा बसेर काम गर्ने गरिएको छ भने त्यसको सट्टा म उभिएर काम गर्छु भन्न सकियो । 

आफूले लिने क्यालोरीको मात्रा घटाउँदै लाने र खर्च गर्ने क्यालोरीको मात्रा बढाउँदै लाने जस्तै चार वटा रोटी खाइरहेको ठाउँमा ३ वटा खाने, ४० मिनेट हिँड्ने गरिएको छ भने ५० मिनेट पुर्‍याउने । 

तर यो कामलाई निरन्तरता दिनुपर्‍यो । कम्तीमा पनि ६ महिना हामीले यस्तो अभ्यास गर्‍यौँ भने अवश्य तौल घट्छ ।  

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ४ : ५८ बजे

जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको छः गभर्नर पौडेल

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत

रवि लामिछानेसँग आयोगले लियो ६ घण्टा बढी बयान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जाँचबुझ आयोगले

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज