मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने « Khabarhub

मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने भएको छ । 

रिक्त हुन लागेको उपाध्यक्षसहित आठ सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । काउन्सिलले बुधवार सार्वजनिक गरेको तालिका अनुसार कात्तिक २५ गते प्रथम मतदाता नामावली प्रकाशन गरिने छ भने भोलिपल्ट त्यसउपर दाबी–विरोध, कात्तिक २७ गते सुनुवाइ र अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । 

त्यस्तै, कात्तिक २८ र ३० गते उम्मेदवारीको मनोनयन पत्र दाखिला, मंसिर १ गते मनोनयन पत्र जाँच्ने तथा उम्मेदवारीको प्रथम नामावली प्रकाशन, २ गते नामावलीउपर दाबी–विरोध, ३ गते त्यसबारे सुनुवाइ र नामावली प्रकाशन, ४ गते उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । 

काउन्सिलका अनुसार चुनाव पुसमा हुने छ । पुस ४ र ५ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म काठमाडौं उपत्यकाबाहिर र पुस ११ र १२ गते उपत्यकाभित्र मतदानको तालिका रहेको छ । 

उपाध्यक्ष पदका लागि उम्मेदवारको न्यूनतम योग्यता दर्तावाला चिकित्सक भई कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको र सदस्यका निम्ति कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्ने छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ०५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५