शुक्रराज अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा अनुगमन « Khabarhub

शुक्रराज अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा अनुगमन

 भेटिए म्याद गुज्रिएको खाद्यवस्तु, सरसफाइमा कमजोरी


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नरदेवीस्थित आयुर्वेद चिकित्सालय भित्रका क्यान्टिनमा खाद्य स्वच्छता नपाइएको बताएको छ ।

नियमित अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हल्दे कालिका एण्ड चमेना गृह र नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिन निरीक्षण गर्दा आधारभूत सरसफाइमा समेत कमजोरी देखिएको टोलीले जनाएको छ । फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि भोजन तयार गरिने संवेदनशील स्थानमा नै खाद्य स्वच्छतातामा ध्यान दिएको छैन ।

वडा नम्बर १२ मा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको चमेना गृहमा गरिएको अनुगमनमा सरसफाइमा लापरवाही, खाद्य रंगको अव्यवस्थित प्रयोग, फ्रिजमा खाद्य सामग्रीको अव्यवस्थित भण्डारण, भाँडा माझ्ने स्थान शौचालय नजिक रहेको तथा म्याद गुज्रिएको सात प्याकेट दूध भेटिएको थियो । 

त्यस्तै, नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा पनि पेष्ट कन्ट्रोल सन्तोषजनक नभएको, काँचो तथा पकाएको वस्तु एकै ठाउँ भण्डारण, खाना पकाउने र भाँडा माझ्ने स्थान नजिक-नजिकै भएको, पकाइएका खाद्यवस्तु खुला राखिएको तथा फ्रिजको प्रयोग अव्यवस्थित पाइएको खाद्य निरीक्षण अधिकारी खगेन्द्रप्रसाद खतिवडा, आस्था अधिकारी र सरोज पौडेलले जानकारी दिए ।

अनुगमनपछि टोलीले क्यान्टिन सञ्चालकलाई स्वच्छता र खाद्य सुरक्षा मापदण्डअनुसार सेवा सञ्चालन गर्न कडाइका साथ निर्देशन दिएको छ। खाद्यवस्तु ढाकेर राख्ने, प्रभावकारी पेष्ट कन्ट्रोल गर्ने, लेबलयुक्त तथा अनुमति प्राप्त उद्योगका वस्तु मात्रै प्रयोग गर्ने, म्याद नाघेका पदार्थ बिक्री नगर्ने, भाँडा माझ्ने तथा शौचालय क्षेत्र छुट्याएर व्यवस्थित गर्ने, आगो सुरक्षाका उपकरण राख्ने र मूल्यसूची सार्वजनिक गर्ने निर्देशन दिएको छ ।

निर्देशन पालना नगरे कानुनअनुसार कारवाही गरिने चेतावनी समेत दिइएको छ। महानगरले खाद्य व्यवसायलाई स्वच्छ, सुरक्षित र कानुनअनुसार सञ्चालन गराउन नियमित रूपमा अनुगमन जारी राखेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ०१ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।