निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल « Khabarhub

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । 

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरू एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो ।

छलफलका क्रममा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, ‘जेन-जी आन्दोलन’ पछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीति तथा कानुनी सुधारका आवश्यक पक्ष र दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा राखे ।

प्राकृतिक स्रोतका दृष्टिकोणले नेपाल दक्षिण एसियाकै उत्कृष्ट रहेको अध्यक्ष अग्रवालले बताए । उनले भने, ‘देशका अथाह प्राकृतिक स्रोतहरूको अन्वेषण र प्रभावकारी उपयोगमार्फत दीर्घकालीन आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ ।’

नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) बाट मात्र नभई दक्षिण एसियामा सबैभन्दा बढी प्रतिव्यक्ति आय हासिल गर्ने मुलुकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ । 

अध्यक्ष अग्रवालले नेपालमा रहेको ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम तथा लगानीको प्रतिफल सुनिश्चितता जस्ता सबल पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे । भौतिक पूर्वाधार, कृषि, जलविद्युत्, पर्यटन, खानी, जडीबुटी तथा औषधीजन्य वनस्पति जस्ता क्षेत्रमा लगानीका ठूलो सम्भावना रहेको र यी क्षेत्रहरूमा नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण सृजना गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । 

जेन-जी आन्दोलनपछि अर्थतन्त्रमा असर पारेपनि निजी क्षेत्रको मनोबल उच्च रहेको अध्यक्ष अग्रवालले बताए ।

जेन-जी आन्दोलनपछि नेपालको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण वास्तविक नरहेको भन्दै अध्यक्ष अग्रवालले पुनरावलोकनका लागि आग्रह गरे ।

छलफलमा चेम्बरका विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरूले कृषि, सूचना प्रविधि, जग्गा तथा आवास, ऊर्जा, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका सुझाव प्रस्तुत गरेका थिए । 

विश्व बैंक समूहका प्रतिनिधि मर्चिन पियाट्कोस्कीले नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि संस्थागत सुधार, लगानी प्रवर्द्धन, नीति–सामञ्जस्य र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए । विश्व बैंकका तर्फबाट नेपालमा लगानीका अवसर पनि नीति स्थायित्व र कार्यान्वयन क्षमताको सुदृढीकरण सम्वन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

विश्व बैंकका तर्फबाट पियाट्कोस्कीसँगै असिम नेपाल टास्क टिम लिडर एण्ड अपरेशन अफिसर  कन्ट्रि एड्भाईजरी एण्ड इकोनोमिक्स आईएफसी, फारिया टासिन सिनियर अपरेशन अफिसर आईएफसी, र कमलिका दास इकोनोमिस्ट साउथ एसिया कन्ट्रि एड्भाईजरी एण्ड इकोनोमिक्स आईएफसी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ३० बजे

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको

पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै

काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन – हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको

प्रतिनिधिसभा निर्वाचन : एक मतदातास्थल र १८ केन्द्र थप गरियो

रौतहट – आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित