निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल « Khabarhub

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । 

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरू एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो ।

छलफलका क्रममा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, ‘जेन-जी आन्दोलन’ पछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीति तथा कानुनी सुधारका आवश्यक पक्ष र दिगो आर्थिक विकासका सम्भावनाबारे धारणा राखे ।

प्राकृतिक स्रोतका दृष्टिकोणले नेपाल दक्षिण एसियाकै उत्कृष्ट रहेको अध्यक्ष अग्रवालले बताए । उनले भने, ‘देशका अथाह प्राकृतिक स्रोतहरूको अन्वेषण र प्रभावकारी उपयोगमार्फत दीर्घकालीन आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ ।’

नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) बाट मात्र नभई दक्षिण एसियामा सबैभन्दा बढी प्रतिव्यक्ति आय हासिल गर्ने मुलुकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ । 

अध्यक्ष अग्रवालले नेपालमा रहेको ५७ प्रतिशत युवा जनशक्ति, कम उत्पादन लागत, अनुकूल मौसम तथा लगानीको प्रतिफल सुनिश्चितता जस्ता सबल पक्षले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे । भौतिक पूर्वाधार, कृषि, जलविद्युत्, पर्यटन, खानी, जडीबुटी तथा औषधीजन्य वनस्पति जस्ता क्षेत्रमा लगानीका ठूलो सम्भावना रहेको र यी क्षेत्रहरूमा नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण सृजना गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । 

जेन-जी आन्दोलनपछि अर्थतन्त्रमा असर पारेपनि निजी क्षेत्रको मनोबल उच्च रहेको अध्यक्ष अग्रवालले बताए ।

जेन-जी आन्दोलनपछि नेपालको आर्थिक वृद्धि २ दशमलव १ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण वास्तविक नरहेको भन्दै अध्यक्ष अग्रवालले पुनरावलोकनका लागि आग्रह गरे ।

छलफलमा चेम्बरका विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरूले कृषि, सूचना प्रविधि, जग्गा तथा आवास, ऊर्जा, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका सुझाव प्रस्तुत गरेका थिए । 

विश्व बैंक समूहका प्रतिनिधि मर्चिन पियाट्कोस्कीले नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि संस्थागत सुधार, लगानी प्रवर्द्धन, नीति–सामञ्जस्य र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए । विश्व बैंकका तर्फबाट नेपालमा लगानीका अवसर पनि नीति स्थायित्व र कार्यान्वयन क्षमताको सुदृढीकरण सम्वन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 

विश्व बैंकका तर्फबाट पियाट्कोस्कीसँगै असिम नेपाल टास्क टिम लिडर एण्ड अपरेशन अफिसर  कन्ट्रि एड्भाईजरी एण्ड इकोनोमिक्स आईएफसी, फारिया टासिन सिनियर अपरेशन अफिसर आईएफसी, र कमलिका दास इकोनोमिस्ट साउथ एसिया कन्ट्रि एड्भाईजरी एण्ड इकोनोमिक्स आईएफसी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ३० बजे

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर– स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन

सवारी दुर्घटनामा गाडी चालकको मृत्यु

बैतडी– बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु

महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास

मौसम पूर्वानुमान : तराईमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।