देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ « Khabarhub

देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाटन– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटक पटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोमा चिन्ता व्यक्त गरेका छन् । करिब एक दशकको अन्तरमा हुने आन्दोलन नै देशको स्थिरता र विकासको बाधक भएको उनले बताए  ।

राष्ट्रिय एकताका लागि नागरिक पहलले बुधबार ललितपुरमा आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरी–२०८२’ कार्यक्रममा उनले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँभरी असन्तुष्टि पैदा हुने र त्यसले सङ्क्रमणकालीन अवस्था निम्त्याउने बताए ।

‘नेपालमा आन्दोलन धेरै भएका छन्, प्रायःजसो १० वर्षको आसपासमा विभिन्न कालखण्डमा केही न केही आन्दोलन गरिरहन्छौँ । आन्दोलन हुने, व्यवस्था परिवर्तन हुने र परिस्थिति परिवर्तन नहुने भइराखेको छ, यस्तो सङ्क्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउँछ ।’ उनले भने ।

जेन-जी प्रतिनिधि मोनिका निरौलाले दलहरूभित्र नेतृत्व हस्तान्तरण, आन्तरिक रूपान्तरण आवश्यक रहेको बताउँदै नागरिक बाँच्नका लागि बिदेसिनुपर्ने अवस्थाले निराशा पैदा गरेको बताइन् । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : २६ बजे

विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल : कस्तो होला बलिङ र ब्याटिङ ?

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज

‘अर्को हप्ता अमेरिकामा वार्ता, जुनसम्ममा रुस-युक्रेन युद्ध अन्त्य गर्न दबाब’

किएभ- युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

काठमाडौं – सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन