प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो « Khabarhub

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने संयोजक पुष्कमल दाहाल प्रचण्डले बताएका छन् ।

विभिन्न १० दल मिलेर बनेको नवघोषित पार्टीको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफूहरू अबको चुनावपछि एक नम्बर हुने बताउँदै कसैको टाउको दुखेर केही नहुने जिकिर गरे ।

‘हाम्रो पार्टी, यो पार्टी अब एक नम्बर पार्टी भयो भयो । कसैलाई टाउको दुखेको हुन सक्छ’, उनले भने, ‘प्रतिक्रियावादीलाई निद्रा नलागेको हुन सक्छ । नलागोस् निद्रा, तर हामी अब एक नम्बर हुन्छौँ ।’

उनले आफूहरूको आत्मसमीक्षा र संकल्पलाई जनताले सुन्ने बताए । ‘तर हामी अहंकारमा जानु हुँदैन। हामीले अरूलाई पनि एकतावद्ध बनाउनु छ’, उनले भने, ‘माधव नेपाले भने जस्तै अब हामी जनतामाझ जान्छौँ, जनताले हामीलाई एक नम्बर बनाउनेछन् ।’

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ४८ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार