जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान « Khabarhub

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

लामिछानेलाई बुधबार नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालयमा ल्याएर बयान लिएको हो । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागार बाहिर निस्कनुपर्ने परिस्थितिका बारेमा आयोगले लामिछानेसँग सोधपुछ गरेको बुझिएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछाने जने-जी आन्दोलनका क्रममा भाद्र २४ गते असुरक्षाका कारण देखाउँदै कारागारबाट बाहिर निस्केका थिए । यद्यपि लामिछानेले कारागार प्रशासनले नै पत्र दिएर आफूलाई घर पठाएको दाबी गर्दै आएका छन् ।

यसअघि उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ५६ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान