नयाँ पार्टीका नेताबारे लेखनाथ न्यौपानेको टिप्पणी : दाने गाई जस्ता, फुकाएपछि फागुन २१ नआउँदै आफ्नो बाटो लाग्छन् « Khabarhub

नयाँ पार्टीका नेताबारे लेखनाथ न्यौपानेको टिप्पणी : दाने गाई जस्ता, फुकाएपछि फागुन २१ नआउँदै आफ्नो बाटो लाग्छन्


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का युवा नेता लेखनाथ न्यौपानेले बुधबार घोषणा गरिएको दस दलबीचको एकता लामो समय टिक्ने सम्भावना नभएको टिप्पणी गरेका छन्।

बुधबार माओवादी केन्द्रको नेतृत्वमा ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ एकीकृत पार्टीको घोषणा भएको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उक्त एकता कार्यक्रममा सहभागी नभएर घरमै बसेका न्यौपानेले सामाजिक सञ्जालमार्फत माओवादी र एकीकृत समाजवादी पार्टीको कदमप्रति तिखो व्यंग्य गरेका छन्।

उनले लेखेका छन्, ‘ओछ्यानमा बसेर भिडियो हेरेपछि… पिँध नभाका लोटा, अनुहार कुचिएका, पानीका लौरा, पिङ खेल्दा खेल्दा थाकेका, गन्हाएका नाम मञ्चमा’, उनले भनेका छन्, ‘यसो हेरेको सबै दानेगाई जस्ता, फुकाएपछि आआफ्नै बाटो लाग्ने, फागुन २१ सम्म रहे ठूलो कुरो ।’

उनले नहुनुभन्दा जस्तो भए पनि मामा नै हो भनेर चित्त बुझाउने मेलो नेताहरूले गरेको उल्लेख गरेका छन् । ‘एउटा नयाँ कुरा टाई लगाउन बिर्सेका रहेछन् मान्छेहरूले आज’, उनले भनेका छन् ।

उनको यो टिप्पणी माओवादी नेतृत्वमा भएको नयाँ एकतालाई लक्षित गर्दै व्यंग्यका रूपमा आएको छ । न्यौपानेले अघिल्ला एकता प्रयासहरू पनि असफल भएको स्मरण गराउँदै अहिलेको एकतालाई पनि टिकाउ नहुने दाबी गरेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : १५ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने