नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल « Khabarhub

नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल

१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

96
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधनमार्फत नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जेन-जीका माग सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। 

‘संविधानको रक्षा गर्दै देशलाई अघि बढाउन र देशलाई संवैधानिक मार्गबाट अगाडि बढाउन प्रतिनिधिसभा पुनः स्थापना अनिवार्य छ’, उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एमाले प्रतिबद्ध छ ।’

उनले संविधान गतिशील दस्ताबेज भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै त्यसमा भएका कमजोरी संशोधन गर्न एमाले तयार रहेको बताए । 

उनले आगामी मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुने एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने बताए । 
 
 नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल

लुम्बिनी- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधनमार्फत नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जेन-जीका माग सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। 

‘संविधानको रक्षा गर्दै देशलाई अघि बढाउन र देशलाई संवैधानिक मार्गबाट अगाडि बढाउन प्रतिनिधिसभा पुनः स्थापना अनिवार्य छ’, उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एमाले प्रतिबद्ध छ ।’

उनले संविधान गतिशील दस्ताबेज भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै त्यसमा भएका कमजोरी संशोधन गर्न एमाले तयार रहेको बताए । 

उनले आगामी मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुने एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने बताए । 
 
प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : २८ बजे

विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल : कस्तो होला बलिङ र ब्याटिङ ?

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज

‘अर्को हप्ता अमेरिकामा वार्ता, जुनसम्ममा रुस-युक्रेन युद्ध अन्त्य गर्न दबाब’

किएभ- युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

काठमाडौं – सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन