देशभरका ३३ कार्यालयमा खुल्यो यातायात व्यवस्थाको सर्भर « Khabarhub

देशभरका ३३ कार्यालयमा खुल्यो यातायात व्यवस्थाको सर्भर

नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको हकमा मात्रै सेवा दिइने


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर देशभरका ३३ वटा कार्यालयमा आंशिक रूपमा सञ्चालनमा आएको छ । 

अस्थायी रूपमा खडा गरिएको सर्भरको भारवाहन क्षमता अद्यावधिक गर्दै सेवा विस्तार गर्ने विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताएका छन् । 

‘सर्भरको भार क्षमता जाँच्दै अहिले ३३ वटा कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण तथा नयाँ बनाउनेको हकमा सेवा दिन सकिने भएको छ, भने नागरिक तथा ट्राफिक एपमा पनि देखिएको छ ।’, खतिवडाले थपे, ‘सिंहदरबारमा रहेको एकीकृत डाटा सेन्टरबाट डाटा तानेर बनाइएको अस्थायी सर्भरको लोड ब्यालेन्स क्षमता हेरेर सेवा बढाउँदै लगिनेछ,’ । 

उनका अनुसार चौघारी रुकुम पश्चिम, सप्तरी, बुटवल, पोखरा, दाङ, डडेलधुरा, जुम्ला, हेटौडा, चितवन, बनेपा गरी अन्य १० कार्यालयमा हालसम्म पनि सर्भर सञ्चालनमा आएको छैन । 

सम्पूर्ण सेवा प्रवाहका लागि भने विभाग सार्वजनिक खरिद प्रक्रियामार्फत स्थायी सर्भर निर्माण गर्नुपर्ने हुँदा केही समय लाग्न सक्ने उनले बताए । 

जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सर्भर आइतबार दिउँसो करिब २ बजेदेखि काठमाडौं उपत्यकाभित्रका ९ वटा कार्यालयमा मात्र सुचारु गरिएको थियो । 

२३ र २४ भदौ गते भएको जेन–जी आन्दोलनका क्रममा विभागमा विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवा ठप्प भएको थियो । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ५५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन

आज २०८२ साल माघ २५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा