देशभरका ३३ कार्यालयमा खुल्यो यातायात व्यवस्थाको सर्भर | Khabarhub Khabarhub

देशभरका ३३ कार्यालयमा खुल्यो यातायात व्यवस्थाको सर्भर

नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेको हकमा मात्रै सेवा दिइने


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर देशभरका ३३ वटा कार्यालयमा आंशिक रूपमा सञ्चालनमा आएको छ । 

अस्थायी रूपमा खडा गरिएको सर्भरको भारवाहन क्षमता अद्यावधिक गर्दै सेवा विस्तार गर्ने विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताएका छन् । 

‘सर्भरको भार क्षमता जाँच्दै अहिले ३३ वटा कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण तथा नयाँ बनाउनेको हकमा सेवा दिन सकिने भएको छ, भने नागरिक तथा ट्राफिक एपमा पनि देखिएको छ ।’, खतिवडाले थपे, ‘सिंहदरबारमा रहेको एकीकृत डाटा सेन्टरबाट डाटा तानेर बनाइएको अस्थायी सर्भरको लोड ब्यालेन्स क्षमता हेरेर सेवा बढाउँदै लगिनेछ,’ । 

उनका अनुसार चौघारी रुकुम पश्चिम, सप्तरी, बुटवल, पोखरा, दाङ, डडेलधुरा, जुम्ला, हेटौडा, चितवन, बनेपा गरी अन्य १० कार्यालयमा हालसम्म पनि सर्भर सञ्चालनमा आएको छैन । 

सम्पूर्ण सेवा प्रवाहका लागि भने विभाग सार्वजनिक खरिद प्रक्रियामार्फत स्थायी सर्भर निर्माण गर्नुपर्ने हुँदा केही समय लाग्न सक्ने उनले बताए । 

जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सर्भर आइतबार दिउँसो करिब २ बजेदेखि काठमाडौं उपत्यकाभित्रका ९ वटा कार्यालयमा मात्र सुचारु गरिएको थियो । 

२३ र २४ भदौ गते भएको जेन–जी आन्दोलनका क्रममा विभागमा विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवा ठप्प भएको थियो । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : ५५ बजे

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो