नाचगानबाट संकलित रकम सडक निर्माणमा सहयोग « Khabarhub

नाचगानबाट संकलित रकम सडक निर्माणमा सहयोग


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले नाचगानबाट संकलित रकम सडक निर्माणका लागि सहयोग गरेका छन् । 

ख्याली नाच समूहका कलाकारहरुले दसैँमा नृत्य प्रदर्शन गरेर दानदक्षिणबापत संकलन गरेको रु एक लाख र हिमाली आमा समूहले तिहारमा देउसीभैलो खेलेर जुटाएको दुई लाख म्याग्दीको सबैभन्दा विकट मानिने गुर्जा जोड्ने सडक योजनाका लागि सहयोग गरेका हुन् । 

ख्याली नाच समूहले आज वडा कार्यालयमार्फत सडक निर्माणका लागि गुर्जा विकास मञ्चलाई उपलब्ध गराएको धवलागिरि गाउँपालिका–१ का अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । 

यसअघि गत तिहारमा आमासमूहले देउसीभैलो खेलेर संलन गरेको दुई लाख नगद पनि वडा कार्यालयमार्फत मञ्चलाई उपलब्ध गराएका थिए । गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो । गाउँमा छिटो मोटरबाटो जोडियोस् भन्ने उद्देश्यले सहयोग गरेको आमा र ख्यालीनाच कलाकार समूहका पदाधिकारीहरूले बताए । 

धवलागिरि गाउँपालिकलाको वडा नं २ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पुर्याउन करिब पाँच किलोमिटर सडकको ट्रयाक निर्माण गर्न बाँकी रहेको छ । 

उनका अनुसार, लुलाङ–गुर्जा सडकका लागि यस वर्ष सङ्घीय सरकारले समपूरक बजेटबाट एक करोड ४० लाख, गाउँपालिकाले समपूरक साझेदारी बजेट ३५ लाख, सहरी विकास मन्त्रालयबाट तीन करोड र गण्डकी प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको छ । 
 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ५१ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ