सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ « Khabarhub

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।

लागुऔषध बिक्रीवितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले मङ्गलबार साँझ गोलबजार–१० महाजन टोलका करिब २० वर्षीय रूपेश सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार सिंहको साथबाट सानो कालो प्लास्टिकको पोकामा लुकाएर राखिएको दुई ग्राम १३० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको हो । सिंहलाई हाल गोलबजारस्थित प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसअघि गत आइतबार राति प्रहरीले लहान र कर्जन्हाबाट पनि खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ८ : १२ बजे

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन