विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता « Khabarhub

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज साँझ फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको इन्सास थान १ (क्रम सङ्ख्या ०३११००८७२), म्याग्जिन थान–१, १९ राउण्ड सावुत र २ राउण्ड बेसावुत गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार साँझ ४ः४५ बजे विर्तामोड–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक सिमल तरुलको झाडीमा इन्सास हतियार फेला हो । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको २२ थान हतियार अझै बेपत्ता रहेको प्रवक्ता खड्काले बताए।

जेनजी आन्दोलनका क्रममा झापामा विभिन्न प्रकारका १०३ थान हतियार लुटिएका थिए । तीमध्ये ८१ थान हतियार फेला परिसकेको छ । जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा हतियार फेला परिरहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ८ : २८ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।