रवि लामिछानेसँग आयोगले लियो ६ घण्टा बढी बयान « Khabarhub

रवि लामिछानेसँग आयोगले लियो ६ घण्टा बढी बयान


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जाँचबुझ आयोगले बयान लिएको छ। सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका लामिछानेलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बयान लिएको हो।

बयानका लामिछानेलाई आयोगले सिंहदरबार झिकाएको थियो। भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले आज बुधबार सिंहदरबारमा उनीसँग ६ घण्टा बयान लिएको हो।

जेनजी आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले नक्खु कारागारबाट लामिछानेलाई निकालेपछि अन्य कारागारबाट समेत कैदीबन्दी फरार भएका थिए।

लामिछाने जेलबाट निस्किँदा सार्वजनिक भएको पत्रलाई लिएर अहिले पनि विवाद जारी छ। लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ताले आन्दोलनकारीले जेलमा आगजनी गर्न लागेपछि प्रशासनले नै उनलाई सुरक्षाका लागि आफन्तको जिम्मा लगाएको जिकिर गर्दै आएका छन्।

पूर्वन्यायाधीश कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि बुधबार उनलाई जेलबाट निस्किँदा तयार भएको पत्र र जेलबाट किन र कसरी फरार भए भन्ने विषयमा सोधपुछ गरेको हो।

लामिछाने जेलबाट निस्किएर घरमा बसेपछि चौतर्फी विरोध भएको थियो। यस्तै कारागार प्रशासनले पनि भागेका कैदीबन्दीलाई कारागार फर्किन सूचना जारी गरेपछि लामिछाने आफैँ कारागार फर्किएका थिए।

उनी विभिन्न सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। अन्य सहकारीको अभियोगमा उनी धरौटीमा रिहा भए पनि बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा भने उनलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश भएको थियो।

रुपन्देही कारागारमा रहेका लामिछानेलाई उनकै माग अनुसार नक्खु कारागारमा सारिएको हो। लामिछानेले भने सहकारी ठगीमा आफू निर्दाेष रहेको दाबी गर्दै आइरहेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : ०१ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने