सिंहदरबारबाट बाहिरिँदै रवि लामिछानेले भनेः बोल्ने समय आउँदैछ « Khabarhub

सिंहदरबारबाट बाहिरिँदै रवि लामिछानेले भनेः बोल्ने समय आउँदैछ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले बोल्ने समय आउन लागेको बताएका छन्।

बुधबार सिंहदरबारमा जाँचबुझ आयोगसमक्ष बयान दिएका लामिछानेले पत्रकारहरूको जिज्ञासामा बोल्ने समय आउन लागेको बताएका हुन्।

पत्रकारहरूले उनलाई बयान दिएर बाहिरिनेक्रकमा धारणा सोधेपछि भने, ‘बोल्ने समय आउँदैछ।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनाएको छ।

सहकारी ठगी अभियोगमा ललितपुरको नक्खु कारागारमा रहेका लामिछाने भदौ २४ गते जेनजी आन्दोलनका दिन जेलबाट बाहिरिएका थिए। कारागार प्रशासनले नै सुरक्षा दिन नसक्ने बनाउँदै पत्र थमाएर बाहिर पठाएको लामिछाने र रास्वपाको दाबी छ।

उनी जेलबाट बाहिरिएसँगै देशभरका कारागारबाट कैदीबन्दी भागेका थिए। कति त अझै फरार छन्। यसै विषयमा आयोगले लामिछानेसँग बयान लिएको हो। बुधबार आयोगले लामिछानेसँग ६ घण्टा बढी समय लगाएर यस विषयमा बयान लिएको हो।

लामिछाने रहेको नक्खु कारागारमा नक्कली कागजात बनाएर बाहिरिएको आरोप उनीमाथि लागेको थियो। बयानपछि उनलाई फेरि नक्खुनै पुर्याइएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : २३ बजे

नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार