सिंहदरबारबाट बाहिरिँदै रवि लामिछानेले भनेः बोल्ने समय आउँदैछ « Khabarhub

सिंहदरबारबाट बाहिरिँदै रवि लामिछानेले भनेः बोल्ने समय आउँदैछ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले बोल्ने समय आउन लागेको बताएका छन्।

बुधबार सिंहदरबारमा जाँचबुझ आयोगसमक्ष बयान दिएका लामिछानेले पत्रकारहरूको जिज्ञासामा बोल्ने समय आउन लागेको बताएका हुन्।

पत्रकारहरूले उनलाई बयान दिएर बाहिरिनेक्रकमा धारणा सोधेपछि भने, ‘बोल्ने समय आउँदैछ।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनाएको छ।

सहकारी ठगी अभियोगमा ललितपुरको नक्खु कारागारमा रहेका लामिछाने भदौ २४ गते जेनजी आन्दोलनका दिन जेलबाट बाहिरिएका थिए। कारागार प्रशासनले नै सुरक्षा दिन नसक्ने बनाउँदै पत्र थमाएर बाहिर पठाएको लामिछाने र रास्वपाको दाबी छ।

उनी जेलबाट बाहिरिएसँगै देशभरका कारागारबाट कैदीबन्दी भागेका थिए। कति त अझै फरार छन्। यसै विषयमा आयोगले लामिछानेसँग बयान लिएको हो। बुधबार आयोगले लामिछानेसँग ६ घण्टा बढी समय लगाएर यस विषयमा बयान लिएको हो।

लामिछाने रहेको नक्खु कारागारमा नक्कली कागजात बनाएर बाहिरिएको आरोप उनीमाथि लागेको थियो। बयानपछि उनलाई फेरि नक्खुनै पुर्याइएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : २३ बजे

‘प्रधानमन्त्रीको बोलीले सीमाबासीको मन दुखेको छ, संसद्‍मा उभिएर माफी माग्‍नै पर्छ’

बासना थापा नेपाली कांग्रेसकी प्रमुख सचेतक हुन्। नेपाली कांग्रेसबाट विजयी

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको साथ, कार्यान्वयनको बाटो खोलिदियो

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड

काठमाडौंमै बाँदर आतंक : भान्सामा छिरेर भात लैजान्छन्, सुकाएका लुगासमेत भेटिँदैनन्

काठमाडौं- पछिल्लो समय बाँदर आतंकले गाउँघरदेखि राजधानी काठमाडौंलाई समेत बाँकी

कर्णालीमा कर्मचारी अभावको गुनासो

काँक्रेविहार– कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको

 बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित