अनलाइन ठगी बढ्दै, सचेत रहन प्रहरीको आग्रह « Khabarhub

अनलाइन ठगी बढ्दै, सचेत रहन प्रहरीको आग्रह


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौंले पछिल्ला दिनमा अनलाइनमार्फत हुने ठगीका घटनामा उल्लेख्य वृद्धि भएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत सस्तो मूल्यमा वस्तु उपलब्ध गराउने नाममा अग्रिम रकम बुझाएर ठगी गर्ने घटना तीव्र गतिमा बढेका छन्।

त्यस्तै, केही व्यक्तिहरूले ‘पैसा आएको छैन’ भन्दै वाट्सएप वा अन्य माध्यमबाट स्क्रिन सेयर गर्न लगाउने र त्यसै क्रममा ओटीपी मागेर बैंक खाता ह्याक गर्ने घटना पनि बढेको प्रहरीको भनाइ छ।

प्रहरीले कुनै पनि अपरिचित व्यक्तिसँग स्क्रिन सेयर नगर्न, ओटीपी नदिन र शंकास्पद लिंकमा क्लिक नगर्न आग्रह गरेको छ। यस्ता कार्यबाट सजिलै ठगीमा पर्ने भएकाले सचेत रहन प्रहरीले सर्वसाधारणलाई चेतावनी दिएको छ।

प्रहरीले ठगीका घटना देखिएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा जानकारी गराउन समेत अनुरोध गरेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : ३४ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

सबै कार्यकर्ताले गर्व गर्ने एमाले बनाउन ओलीले नेतृत्व छाड्नुपर्छ : बिन्दा पाण्डे

काठमाडौं- हरेक क्षेत्रमा महिला सहभागिता र समानताको आवाज उठाउँदै आएकी

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन

नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल