जाँचबुझ आयोगसमक्ष आईजीपीले पनि दिए बयान « Khabarhub

जाँचबुझ आयोगसमक्ष आईजीपीले पनि दिए बयान


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङसँग जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले बयान लिएको छ। जेनजी आन्दोलनको घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बयान लिएको हो।

आयोगले यसअघि नै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर भदौ २३ गते फिल्डमा खटिएका प्रहरी कमान्डर तथा अधिकारीको विवरण माग गरेको थियो। जवाफमा प्रहरी प्रधान कार्यालयले जवानदेखि आईजीपीसम्म सबै फिल्डमा रहेको जानकारी गराएको थियो।

प्रहरीले फिल्डमा खटिएकाको जवाफ माग गरेपछि प्रहरी आयोगसँग रुष्ट छ। आयोगका संयोजक कार्कीले नै प्रहरीले सहयोग नगरेको गुनासो गरिसकेका छन्।

‘प्रहरी प्रधान कार्यालयले भदौ २३ गते गते गोली चलाएर युवाहरूको ज्यान गएको विषयमा प्रहरीको को कमान्डर खटिएको भन्ने प्रश्नमा टालटुले जवाफ दियो, ’ आयोग स्रोतले भन्यो, ‘जवानदेखि आईजीपीसम्म नै फिल्डमा खटिएको भनेपछि आईजीपीलाई नै बयानमा बोलाइयो।’

आयोगले उक्त दिन फिल्डमा खटिएका प्रहरी अधिकारीहरुसँग बयान लिने तयारी गरिरहेको छ। सम्भवत बिहीबार या शुक्रबार प्रहरीका अन्य अधिकारीसँग आयोगले बयान लिनेछ।

आजै बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि आयोगले बयान लिएको थियो।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै