भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली « Khabarhub

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गरेका छन्। बुधबार (कात्तिक १९) ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

भदौ २३ गतेको हिंसा र २४ गतेको देशदोहन आन्दोलनलाई परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने उनको धारणा छ। उनले जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि घुसपैठ भएको कारण देश दोहन हुन पुगेको उल्लेख गरे।

‘नेपालको लागि हिंसा र विध्वंश एउटा नियमित आकस्मिकता जस्तो भयो। १० वर्षको पीडा २० वर्ष अगाडि मात्रै टुंगिएको हो। अहिले पनि त्यसको उत्पादन समाजमा छ। जेनजी युवाहरूले एउटा फूल पनि भाँच्दैनौँ, प्रहरीसँग वादविवाद गर्दैनौँ भनेर आन्दोलन सुरु गर्नुभएको थियो। तर, जसरी २३ गतेको हिंसा र २४ भदौको देश दोहनलाई परिवर्तन ठानेर त्यसको महिमामण्डन गर्नुपर्छ भन्ने म बेल्कुलै ठान्दिनँ,’ उनले भने।

उनले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाही प्रक्रियाको अजरअन्दाज गरेर मलजल गरिरहेको भाष्य निर्माण गरिएकोप्रति गुनासो गरे। उनले २०४६ सालयताका भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न वर्तमान सरकारलाई चुनौती पनि दिए।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ५३ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने