मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन « Khabarhub

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुखले तोकेको अवधि अनुसार दलले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न सक्ने छन् । 

समयसीमा नजिकिँदै जाँदा मधेशका राजनीतिक दल आन्तरिक रणनीति मिलाउन बिहानैदेखि निरन्तर छलफलमा छन्।

एमालेबाहेक सात दलीय गठबन्धनले साझा उम्मेदवार टुङ्ग्याउन प्रयास गरेका छन् ।

पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढेको हो । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेपछि दलहरु छलफलमा जुटेका हुन्।

सर्वोच्चले यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। विश्वासको मत जुटाउन नसक्ने अवस्था देखेपछि मुख्यमन्त्री पदबाट यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा सरकार गठन प्रक्रिया सुरु भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : १२ बजे

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन

काठमाडौं महानगरले दश वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन