‘वर्तमान सरकार असफल भइसक्यो, जेन-जीहरूलाई धोका दियो’ « Khabarhub

‘वर्तमान सरकार असफल भइसक्यो, जेन-जीहरूलाई धोका दियो’


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेन-जी आन्दोलनको म्याण्डेटविपरीत अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गदै शाहीले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगाएतका माग जेन-जी आन्दोलनको रहे पनि सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको बताए । वर्तमान सरकार ८४ को निर्वाचन ८२ मा गर्न मात्रै गठन नभएको हेक्का राख्न उनले सुझाव दिए ।

शाहीले जने-जी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भए पनि वर्तमान सरकारले समेत शान्ति, सुशासन र अमनचयनमा ध्यान दिन नसकेको बताए । 

वर्तमान सरकारबाट जेन-जी युवाहरूमाथि धोका भएको उनको भनाइ छ । शाहीले देशले जित्नेगरि राजा, जेन-जी र दलहरुबीच गोलमेच सम्मेलन गरी संविधान संशोधनको सम्झौता गर्नुपर्नेमा जोड दिए । 

अहिलेको अवस्थामा निर्वाचित भएर नयाँ मान्छे शासन चलाउन आए पनि मुलुकको अवस्थामा परिवर्तन नहुने उनको भनाइ छ ।

उनले प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था कायमका लागि दबाब दिन राप्रपाले मंसिर २३ गते उपत्यकामा प्रदर्शन गर्न लागेको जानकारी दिए ।

राप्रपाले उठाएका मुद्दा केवल एक पार्टीको मात्रै नभई सबै जनताको मुद्दा रहेकाले राष्ट्रिय झण्डामा एकजुट भएर जनताहरू सडकमा आउने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १ : ०९ बजे

बत्ती पुग्ने आशामा अपिवासी

दार्चुला–      ‘चौलानीको कञ्चन पानी, बिजुलीको खानी    अँध्यारोमै बित्न लाग्यो,

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौं- कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान- इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले