‘वर्तमान सरकार असफल भइसक्यो, जेन-जीहरूलाई धोका दियो’ « Khabarhub

‘वर्तमान सरकार असफल भइसक्यो, जेन-जीहरूलाई धोका दियो’


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेन-जी आन्दोलनको म्याण्डेटविपरीत अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गदै शाहीले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगाएतका माग जेन-जी आन्दोलनको रहे पनि सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको बताए । वर्तमान सरकार ८४ को निर्वाचन ८२ मा गर्न मात्रै गठन नभएको हेक्का राख्न उनले सुझाव दिए ।

शाहीले जने-जी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भए पनि वर्तमान सरकारले समेत शान्ति, सुशासन र अमनचयनमा ध्यान दिन नसकेको बताए । 

वर्तमान सरकारबाट जेन-जी युवाहरूमाथि धोका भएको उनको भनाइ छ । शाहीले देशले जित्नेगरि राजा, जेन-जी र दलहरुबीच गोलमेच सम्मेलन गरी संविधान संशोधनको सम्झौता गर्नुपर्नेमा जोड दिए । 

अहिलेको अवस्थामा निर्वाचित भएर नयाँ मान्छे शासन चलाउन आए पनि मुलुकको अवस्थामा परिवर्तन नहुने उनको भनाइ छ ।

उनले प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था कायमका लागि दबाब दिन राप्रपाले मंसिर २३ गते उपत्यकामा प्रदर्शन गर्न लागेको जानकारी दिए ।

राप्रपाले उठाएका मुद्दा केवल एक पार्टीको मात्रै नभई सबै जनताको मुद्दा रहेकाले राष्ट्रिय झण्डामा एकजुट भएर जनताहरू सडकमा आउने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १ : ०९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको